मोटरसाइकलको ठक्करबाट भक्तपुरमा नौ वर्षका बालकको मृत्यु

भक्तपुर । भक्तपुरमा भएको सडक दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ । शनिबार दिउँस सूर्यविनायक नगरपालिका वडा नम्बर ५ घलाते चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा.९५ प ९४३५ नं मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा नौ वर्षका बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

 

मोटरसाइकलले पैदलयात्री सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका गैरी गाँउ घर भई सूर्यविनायक बस्ने नौ बर्ष का दिप श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

 

बालकलाई उपचारको लागी डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रनाउ रेवती रमण पोखरेलले बताए ।

 

प्रहरीले मोटरसाइकल चालक काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका ५ हाँडीगाउ बस्ने बर्ष १९ को दिपेन श्रेष्ठ र ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

 

मोटरसाइकल पछाडी सवार संखुवासभा खाँदबारी घर भई  हाल काठमाडौ कालोपुल  बस्ने बर्ष २० की एनी गुरुङ घाईते भएकी छिन् ।

 

गुरुङको उपचारको लागी मध्यपुर अस्पताल लगिएकोमा हाल निजको अवस्था सामान्य रहेको प्रनाउ पोखरेलले बताए । घटनाबारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी  दिएको  छ ।