
गुल्मी : गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले बगाएको जिप फेला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको थियो ।

बगेको स्थानबाट ८ सय मिटर तल क्षतविक्षेत अवस्थामा बिहीबार जिप फेला परेको प्रहरीले जनाएको छ । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए । जिप खोला नजिक दलदलमा फसेपछि यात्रु र चालक ओर्लिएका थिए ।
बिज्ञापन



त्यसलगत्तै माथिबाट आएको लेदो सहितको पानीले जिप बगाएको थियो । जीपसँगै यात्रुहरुका सबै समानहरु बगेका थिए । यसअघि बर्खाको समयमा पनि डहरे खोलाले मालबाहक ट्रक बगाएको थियो ।
