थप ७०८ संक्रमित, ११ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७ हजार २५३ जनाको पिसिआर र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, ९३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बिज्ञापन

यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।
हाल सक्रिय संक्रमित १० हजार ९४६ छन् ।