
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा एक सय ४ बर्षीय जेष्ठ नागरिकले घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् ।
कावासोती–३ थकाली चोकका एक सय ४ बर्षीय बोधिलाल रेग्मीले सोमबार विहान छिमेकी गोविन्द क्षेत्रको घरको चारतलामाथिबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
रेग्मीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार विहान क्षेत्रीको घरको छतमा रहेको मन्दिरको दर्शन गरी सोही छतबाट हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।