
काठमडौँ : बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ११७ पुगेको छ । देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएकाको ३९ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।
बिज्ञापन



शनिवार बझाङको थलारा गाउँपालिका–४ डिक्ला सितलमा पहिरोका कारण ज्यान गुमाएका १२ वर्षीय सन्दिप कार्कीको शव फेला परेको छ । उनको कम्मर भन्दा मुनिको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बझाङमा मात्र १९ जना बेपत्ता छन् ।
