आज सुनचाँदीको मूल्य घट्याे

साताको चौथो दिन आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ११ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।