कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं  ।  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २९२१५३, ग्रेडबृद्धि तर्फ ७८७४४ र आंशिक तर्फ ५७१७० परीक्षार्थी सहभागी थिए ।