
मोरङको बिराटनगर महानगरपालिका-१२ बाट नियन्त्रीय लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साँढे १२ बजे बिराटनगर-६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर-८ का ३४ बर्षीय कन्हैया राज मण्डललाई १० बोतल DIALEX DC र २० ट्याबलेट NITRAVET चक्की सहित पक्राउ गरेको हो ।
बिज्ञापन



लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
