“राजीनामा दिन्नँ बरु महाभियोग सामना गर्छु” ; प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एक अन्तर्वार्तामा “कसैको दबावमा” राजीनामा नदिने बताएका छन् ।

“संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।” भन्दै उनले महाभियोगको सामना गर्नेतर्फ सङ्केत गरेका छन् ।

बिज्ञापन

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले “सडकबाट राजीनामा माग्दैमा आफू त्यसका निम्ति तयार नहुने” दृढता प्रकट गरे।

नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीशलगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएका वेला जबराले त्यस्तो अडान देखाएका हुन्।