
सुर्खेत : रूकुम पश्चिममा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटकी ती बालिकामाथि गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको घटना बाहिरिएको हो ।

उनी बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन् । जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो। बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
बिज्ञापन



बालिकामाथि बलात्कार भएको सम्बन्धी जाहेरी दर्ता भइसकेको र अभियुक्त जैसीको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । साथै बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ । बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
