सरकार विद्युतीकरणको योजनामा जुटेको छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ : सरकार देशभर विद्युतीकरणको योजनामा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बताएकी छन् । सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको बताउँदै उनले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढंगबाट अघि बढाउन केन्द्रलाई निर्देशनसमेत दिइन् ।

बिज्ञापन

खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासित बनाउनसमेत सहयोग गर्ने उल्लेख गर्दै उनले मन्त्रालय मातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गरिन् ।