मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुईजना परे प्रहरीको फन्दामा

चितवन । चितवनमा मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

बिज्ञापन

भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ गरेको हो ।

 

लागुऔषध खैरो हेरोइनसहित दुई साताअगाडि पक्राउ परेका भरतपुर महानगरपालिका–४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग करीब रु आठ लाख लिएका थिए । पक्राउ परेका दुवैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।