प्रधानमन्त्री देउवा र एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया भेटवार्ता

काठमाडौँ , मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन् ।
जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन् ।

भेटमा एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

बिज्ञापन

हालै अन्त्य गरिएको संसद् अधिवेशनबाट पनि एमसीसी सम्झौता अनुमोदन नभएपछि अमेरिकाले असन्तुष्टि जनाएको हो ।