जनगणनाको कार्यतालिका स्वीकृत, असार १५ गतेदेखि प्रश्‍नावली तयारी थालिने

काठमाडौंः राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सबडोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी राष्ट्रिय योजना आयोगका सदस्य डा राम कुमार फुँयालले सार्वजनिक गरे ।

कार्यतालिकाअनुसार यही असार १५ गते देखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालिम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालिम, जिल्लामा जनगणनाको सामग्री जिल्ला-जिल्ला पठाउने जनगणनाका प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० बैशाख भित्र विषयगत प्रतिवेदन सार्वजजिनक गर्ने लक्ष्य रहेको छ ।