वडाअध्यक्षमाथि  हातपात गर्नेलाई सार्बजनिक मुद्दा

पोखरा । पोखरा महानगरपालिका वडा नं.२१ का वडाध्यक्ष खगराज आचार्य माथि हातपात गर्नेविरुद्ध प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरेको छ।

 

आइतबार साँझ पोखराको राष्ट्र बैङ्क चोकमा जुस खाइरहेका बेला ‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी’ सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्यक्षमाथि हातपात गरेका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

 

वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी कोमल शाहका अनुसार वडाध्यक्षमाथि हापात गर्ने दातारामविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी सोमबार सार्वजनिक मुद्धा चलाइएको छ ।

 

वडाध्यक्ष आचार्यले वडाप्रहरी कार्यलय बैदाममा उजुरी दिएका थिए । पटक–पटक आफुमाथि दातारामले अनावश्ययक दबाब दिंदै गालीगलौज गर्दै आएको अध्यक्ष आचार्यले बताए ।

‘मैले खानेपानी आयोजनाको लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिएँ । तर, दातारामले मानेका थिएनन् । यहि विषयलाई लिएर उनले मलाई हातपात गरे,’ वडाध्यक्ष आचार्यले बताए ।