भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो ।

तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो ।   बायोटेकका अध्यक्ष डा। कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए ।

बिज्ञापन

खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट्विटमा उल्लेख गरेको छ ।  गत महिना भरत बायोटेकले भरेर पठाएको फाईल जाँच गर्ने क्रममा डब्लूएचओको विज्ञहरुको एउटा प्यानलले कम्पनीसँग अझै बढी तथ्यांक उपलब्ध गराउन माग गरेको थियो ।  डब्लूएचओले सो खोप चार साताको अन्तरमा १८ वर्ष माथिका व्यक्तिलाई दुई डोज दिन सकिने सुझाव दिएको छ ।