हृदयेन्द्र शाहको आज जन्मदिन, उनी  चक्रवर्ती राजा हुन सक्ने ज्योतिषहरूको दाबी

काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह पुत्र हृदयेन्द्र शाहको आज जन्मदिन । २०५८ साउन १४ गते उनी काठमाडौंमा जन्मेका थिए । यस आधारमा आज उनी आफ्नो १८औं जन्मदिन मनाउँदैछन् । हृदयेन्द्रले दुई वर्षअघि मात्र नागरिकता बनाएका थिए ।

 

उनी अहिले आमा हिमानी शाहसँग बस्दै आएका छन् । उनी अहिले प्लस टुको अध्ययन गरिरहेका छन् । नेपालमा राजसंस्था समाप्त भए पनि बेलाबेला हृदयेन्द्र राजा हुने सम्भावना रहेको भन्दै भविष्यवाणी हुने गर्छ । यदि नेपालमा राजसंस्था पुनस्र्थापना भएमा उनी चक्रवर्ती राजा हुन सक्ने ज्योतिषहरूको दाबी छ ।