प्रधानन्यायाधीश जबराले तोके सबैखाले मुद्दामा पेशी

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरणबाहेकमा मुद्दामा पनि पेसी तोकेका छन् । मंगलबार उनले आफूसहित १० वटा इजलास तोकेका छन् । उनले आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई ९ वटा संयुक्त इजलास तोकेका हुन् ।

न्यायालयमा देखिएका समस्या समाधानका लागि जबराले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्न अस्वीकार गरेपछि सोही अनुसार पेशी तोकिँदै आएको थियो । न्यायाधीशहरूसँग भएको भद्र सहमतिविपरीत जबराले मंगलवार सबैखाले मुद्दा पेशीमा राखेर १० वटा इजलास गठन गरेका हुन् ।

यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले आन्दोलन थालेपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ रोकिएको छ। पछिल्लो एक साताबाट बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका न्यायाधीशहरू अन्य मुद्दा नहेर्ने अडानमा छन् ।