प्रधानसेनापती शर्मा ‍र भारतीय विदेशमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं :  प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

प्रधासनसेनापति शर्माले बिहीबार जयशंकरलाई भटेका हुन् । शर्मासँग भएको भेटवार्ता जयशंकर ट्वीटरमा तस्वीरमार्फत सार्वजनिक गरेका छन् ।

बिज्ञापन

तस्वीर सार्वजनिक गर्दै जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’

शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए ।