
सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए ।

एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । एमाले अध्यक्ष केपी ओली घमण्ड र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए ।
बिज्ञापन



गढीमाइ मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गरेका थिए ।
