
रौतहट- रौतहटमा एकै परिवारका दुई बालकहरुको रहस्यमय मृत्यु भएको छ ।जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका संजय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । कसैले विष खुवाएको हसन सक्ने आशंका गरिएको छ ।

उनीहरुको उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय देशवासी गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार आफ्नो घरमै रहेका दुबैजना बालकहरुले शनिवार बिहान बान्ता गरेपछि उनीहरुलाई उपचारको लागि गरुडा स्थित एउटा निजि अस्पतालमा भर्ना गरिएको थियो ।त्यहाँ उनीहरूको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनीहरुलाई एम्बुलेन्समा राखेर थप उपचारको लागि वीरगञ्ज लगिएको थियो ।



दुबै जनाको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक बालकहरुको बुबा वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेको र घरमा उनीहरु आमा र हजुरआमासँग बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिए अनुसन्धान गरिरहेको जानकारी दिए ।