
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
विभागले आज बिहान जारी गरेको आगामी तीन दिनको मौसम पूर्वाअनुमान बुलेटिनअनुसार आज बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।
आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।