प्रधानन्यायाधीशले तोके १० इजलास, १८६ मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । बारको धर्ना र असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० इजलास गठन गरेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । आज दुई एकल र आठ संयुक्त इजलास तोकिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा एक मात्र एजेण्डा बनाएर असन्तुष्ट ‘विद्रोही न्यायाधीश’ मा विभाजन आइसकेको छ । हिजो ६ न्यायाधीश इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ गरेका छन् ।

बिज्ञापन

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई बारले अस्वीकार गरेको छ ।