३९० कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

नेपालमा आज ३९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएका ५ हजार २६ परीक्षणमा ३७१ जना र एन्टीजेन विधिबाट भएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ४२५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । यस्तै आज थप ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १९ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिले देशभरी ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन् ।