यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ : आज देशका धेरै स्थानमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव सुरु भएको मौसमविद्ले बताएका छन् । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

ती क्षेत्रमा दिउँसो र रातिको मौसम पनि हालकै जस्तो हुनेछ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम भने बढेको छ। बुधबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन