
यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर कायम भएको छ ।

गत साता शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार पनि त्यति नै मूल्य कायम भएको हो ।
बिज्ञापन



यद्यपि, अघिल्लो साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो ।
जुन, यो साता २० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सातामा आइतबार, मंगलबार र बिहीबार सुनको मूल्य बढेको थियो भने सोमबार, बुधबार र शुक्रबार मूल्य घटेको महासंघले जानकारी दिएको छ ।