बालेनले कटाए ४२ हजार मत, सिर्जनासँग साढे १८ हजारको अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।

मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। काठमाडौं महानगरपालिकाको ७० प्रतिशत बढी मतगणना सकिएको छ। ३० प्रतिशत भन्दा कम मत गन्न बाँकी रहँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार ५ सय ३३ मतको अग्रता लिएका छन्।हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्।

बिज्ञापन

यस्तो छ पछिल्लो मतपरिणामः 

बालेन शाह – ४६०२१
सिर्जना सिंह – २७४८८
केशव स्थापित – २६५१९

अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २१, २२ र २६ नम्बर वडाको मतगणना जारी छ।उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।