चुनावमा हराएको झोंकमा खाँण निकट काँग्रेस दाङका सचिव कुटिए

दाङ,  नेपाली काँग्रेस दाङका सचिव शङ्कर डाँगीलाई काँग्रेसको भातृ सङ्गठन तरुण दलका अध्यक्ष टीका घर्तीले होटलमा चिया पिइरहेको अवस्थामा कुटेको प्रत्यक्षदर्शी बताउँछन् ।

दाङ क्षेत्र नम्बर ३ (२) को सभापतिका लागि लडेका अध्यक्ष घर्ती खिमबहादुर ओलीसँग पराजित भएका थिए ।

आफूलाई पराजित गरेको रिसीबी घर्तीले साधेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँण निकट हुन् ।