कोरोनाको नयाँ भेरिएन्टलाई डब्लूएचओले दियो ‘ओमाइक्रोन’ नाम

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

सुरुवाति अनुसन्धानका अनुसार यसबाट संक्रमण फैलिने खतरा बढी रहेको जानकारी प्राप्त भएको पनि डब्लूएचओको भनाइ छ ।

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लूएचओको भनाइ छ ।त्यसका अलावा यो भेरिएन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ ।