
कोरोना भाइरसविरुद्धको ९ लाख खोप बुधबार नेपाल ल्याइने भएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गतको सेरम इस्च्यिुट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार कोभिशिल्ड खोप आज नेपाल आउने भएको हो ।
बिज्ञापन



यसअघि ७ लाख २५ हजार मात्रा खोप आइसकेको छ । खोप आज दिउँसो आइपुग्ने जनाइएको छ ।
