मुख्यमन्त्री शाहीले गरे कांग्रेस सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा

सुर्खेत : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् । शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुन् ।

उनले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनको नाम यसअघि कर्णालीको सभापतिका लागि पनि चर्चामा थिए । तर उनले आफ्नो सभापतिको लागि चाहना नभएको र बताएका थिए।

शाही यति बेला कर्णालीको मुख्यमन्त्री बनेपछि सरकारलाई पूर्णता दिने कुरामा भने ध्यान दिएका छैनन् । मुख्यमन्त्री बनेको एक महिना भन्दा बढी भइसक्दा पनि उनले अहिले सम्म दुईवटा मात्र मन्त्री नियुक्त गरेका छन् भने बाँकी मन्त्रालय आफैसँग राखेका छन् ।

जसले गर्दा कार्यसम्पादनमा समेत समस्या भएको भन्दै मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ।