बोक्सी,छाउपडी प्रथा कायममै, सामाजिक रुपान्तरण चुनौती [पुर्णपाठसहित]

काठमाडौं– घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारप्रसार, वैदेशिक रोजगारका नाममा हुने ओसारपसार तथा बेचविखन लगाएत लैङ्गिकतामा आधारित महिला किशोरी बालिकाप्रतिको हिंसा कायम रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय लैङ्गिकता नीति, २०७७ सार्वजनिक गर्दै मन्त्रालयले बोक्सी, छाउपडी, बालविवाह, बहुविवाह, दाइजो र तिलक प्रथाले महिला माथि हुने शारीरिक तथा मानसिक हिंसा कायम नै रहेको जनाएको हो । सबै प्रकारका विभेद हटाई लैङ्गिक समानतासहित गरी सामाजिक रुपान्तरण गर्नु चुनौती रहेको मन्त्रालयको भनाई छ ।

यसका लागि नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक क्षेत्र हेर्ने निकायलाई सा्रेत साधन सम्पन्न बनाई अनुसन्धानलाई सुदृढ बनाउने मन्त्रालयको नीति तथा कार्यक्रम रहेको छ ।

प्रविधिक शिक्षामा रहेको लैङ्गिक अन्तर घटाउन विशेष कार्यक्रम सञ्चालन गरिने योजनामा मन्त्रालय छ ।