निर्मला पन्त हत्या प्रकरणः आन्दोलनका घाइते भण्डारालाई मासिक २५ हजार राहत

काठमाडौँ । सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका घाइते अर्जुन भण्डारालाई राहत स्वरुप मासिक २५ हजार दिने निर्णय गरेको छ ।

 

बिज्ञापन

आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा घाइते भण्डारालाई मासिक कुरुवासहितलाई २५ हजार दिने निर्णय गरेको जनाइएको छ।

 

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै गच भदौ ७ र ८ गतेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएका भीमदत्त नगरपालिका –४ का भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अचेत अवस्थामा छन् ।