
एजेन्सी । अफगानिस्तानको काबुलमा छुट्टा छुट्टै स्थानमा भएका विस्फोटमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काबुलस्थित दश्त ए बर्ची जिल्लामा मिनीबसमा विस्फोट हुँदा दुई सर्वसाधारणको मृत्यु भएको तालिवानी अन्तरिक मन्त्रालयले जनाएको छ। सो विस्फोटको हालसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।
बिज्ञापन



यसअघि गत नोभेम्बरमा पनि दस्त ए बर्चीमै मिनीबसमा बम आक्रमण हुँदा दुई जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। यस्तै अक्टोबरमा मस्जिदमा आक्रमण हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको थियो ।

तालिवानीले अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा विभिन्न सशस्त्र समूहमाथि कारवाही गर्ने जनाएपनि पछिल्लो समय हिंसाका घटना नियन्त्रणमा आएका छैनन् ।