हृदयेश त्रिपाठीले मंगलबार नयाँ दल घोषणा गर्ने

काठमाडौं । स्वतन्त्र राजनीतिक समूह बनाएका सांसद हृदयेश त्रिपाठीले मंगलकार नयाँ दल घोषणा गर्न लागेका छन् ।
समूहलाई राजनीतिक दलको रुपमा रुपान्तरित गर्दै त्रिपाठीले आफ्नो नेतृत्वमा ‘जनता प्रगतिशील पार्टी’ घोषणा गर्न लागेका हुन् ।

मंगलबार काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १०ः३० बजे जनता प्रगतिशील पार्टी घोषणा गर्न लागिएको नेता तथा पूर्वराज्यमन्त्री ईश्वरदयाल मिश्रले जानकारी दिए ।

बिज्ञापन

मंगलबार पार्टी घोषणा गर्नुका साथै पार्टीको झण्डा र राजनीतिक दस्तावेजसमेत सार्वजनिक गरिने मिश्रले बताए ।
त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन राजपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाई एमालेसँग तालेमल गरी सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिना स्वास्थ्य तथा जनसंख्या र सामान्य प्रशासनमन्त्री समेत बनेका थिए ।
त्रिपाठीले आफ्नो राजनीतिक समूहलाई सकभर एमालेमा मिलाउने प्रयास गरेका थिए तर एजेण्डागत कुरामा सहमति नभएपछि छुट्टै पार्टी घोषणा गर्न लागिएको जनाइएको छ ।