
महेश सिंह/सिरहा – लहान नगर प्याव्सनले नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ । लहान नगरपालिकाभित्र रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालसँग आवद्ध रहेका विद्यालयहरूका छात्र छात्राहरूबीच उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लहान नगर पालिकाभित्र जम्मा ४८ विद्यालय रहेका छन् भने जसमध्ये २३ विद्यालयका छात्र छात्राहरूले प्रतियोगितामा भाग लिएका छन्। उक्त प्रतियोगिताबाट लहान नगरपालिका वडा नम्बर १८ बसा जोडीमा सञ्चालनमा रहेको शिव जानकी विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरू प्रथम भएका थिए ।



द्वितीय हुनेमा लहान नगरपालिका वडा नम्बर १० मा सञ्चालनमा रहेको दिव्य जोति पाठशालाका विद्यार्थीहरू रहेका छन् भने तृतीय हुनेमा लहान नगरपालिका ४ मा स्चालित प्याराडाज एकेडेमी स्कुलका विद्यार्थीहरू रहेका छन् । उनीहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
