बाइसधारास्थित जुत्ता चप्पल कारखानामा आगलागी

काठमाडौँ । काठमाडौंको बालाजु स्थित बाइसधारामा आगलागी भएको छ । जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आगलागीमा मानविय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बिज्ञापन