विषादी सेवनबाट महिलाको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका– २ बालकोटमा विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नपा–२ बालकोट बस्ने २९ वर्षीया गीता सापकोटाको मृत्यु भएको हो।

बिज्ञापन

सापकोटाले आइतबार साँझ आफ्नै घरको बाथरुमभित्र विषादी सेवन गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। विषादी सेवनपछि प्रहरीले उद्दार गरी उनलाई ललितपुरको पाटन अस्पताल पुर्‍याएको थियो।

पाटन अस्पतालमा उपचारकै क्रममा सापकोटाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। उनले घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।