बस व्यावसायीविरुद्ध अटाे चालकहरू आन्दोलित

सिरहा लहान /  – बस व्यावसायीहरूले आफूहरूलाई हेला र दमन गरेको भन्दै व्यावसायी र स्थानीय सरकारविरुद्धमा सयौं अटाे चालकहरू आन्दोलित भएका छन्।

लहानदेखि ठाडीसम्म चल्ने ३ तीन पाङ्रे अटाेका चालकहरू आन्दोलित भएका हुन् । बस व्यवसायीहरूले लहान र ठाडीमा पार्किङसमेत गर्नमा रोक लगाएको लक्ष्मी भगवती अटो प्रालिका अध्यक्षले जानकारी दिएका छन् ।

बिज्ञापन

त्यसविरुद्ध उनीहरूले आन्दोलन थालेका हुन् । लक्ष्मी भगवती अटो प्रालिका अध्यक्ष मुक्तिनाथ यादवकाे नेतृत्वमा संघसँग आवद्ध रहेका सयौं अटो चालकहरूले सिरहाको दक्षिणबर्ती गाउँपालिका भगवानपुर चौकमा टायर बालेर न्यायका लागि सडक आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनकर्ताहरूमा अध्यक्ष मुक्तिनाथ यादव, उपाध्यक्ष रघुनाथ मंण्डल, कोषाअध्यक्ष जीतेन्द्र पासमान, सचिव पपुकुमार साह, सह- सचिव उमेशकुमार यादव, सल्लाहकार रामशरण यादव, एकाइ अध्यक्ष रामटहल साह, उपाध्यक्ष मो. कारुन, सचिव मो.मकिम लगायतका पदाअधिकारीहरू सडक आन्दोलनमा छन्।

आफुहरूले ऋणकर्जा लिएर अटो खरिद गरेको भन्दै बालबालिका बाल्न दिन माग गरेका छन् । संघमा आवद्ध अधिकांश चालकहरूले रोड प्रमिट अर्थात् नेपाल सरकारलाई कर तिर्दै आएका छन्।

चालकहरूले ३ वर्षदेखि बस व्यावसायीहरूबाट शोषण दमन खेप्दै आएको प्रालिका अध्यक्ष मुक्तिनाथ यादवले बताए।

न्यायका लागि पटकपटक भगवानपुर गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवसँग छलफल गर्न समय माग गरे पनि वास्ता नगरेको पीडितको आरोप छ। माग पूरा भएन भने पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।