
काठमाडौँँ : नेपाली बजारमा आज पनि घटेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएको छ ।
जबकी गत मंगलबार चाँदी तोलामा १० रुपैयाँले नै घट्दै एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । यससँगै आज चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।