
काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्किारी माओवादी)ले आगामी मंसिरमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

बिज्ञापन




बैद्य नेतृत्वमा आइतबार बसेको पोलिटब्युरो बैठकले उक्त निर्णय गरेको हो। बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो ।

सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीको तर्क छ ।
यस्तै बैठकले भारतले संविधानकाे धारा ३७० र उपधारा ३५ ‘ए’ को व्यवस्था खारेज गरी कश्मीरलाई केन्दि शासित बनाएकोप्रति खेद ब्यक्त गरेको छ ।