
काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार दिउँसो सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा भएको छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ,’ बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यादवले भने । बैठकमा माओवादी संसदीय दलका नेता तथा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बिफ्रिङ गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार ४ बजे संसदमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।