३३ वर्षअघि मुम्बईको कोठीमा २ जना महिला बिक्री गर्ने पुरुष पक्राउ

पर्सा । जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन्। उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

उनले २०४६ भदौ १८ गते २ जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ।

सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो। त्यसपछि उनी फरार रहेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ।