सप्तरीमा एक महिलाको घाँटी रेटेर हत्या

सप्तरी : सोमबार बिहानै सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा एक महिलाको हत्या भएको छ ।

स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए ।

बिज्ञापन

घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ ।

साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए ।