
धनगढी — सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने भुवा पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

आइतबार सुदूरपश्चिमका ३ जिल्लामा सार्वजनिक बिदा हुने भएको हो ।
बिज्ञापन



सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी बिदा दिने निर्णय गरेको हो ।

पौष १८ गते आइतबार भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा भव्यताका साथ भुवा खेलिन्छ । परम्परागत सांस्कृतिक पर्व भुवा वीरताको प्रतिकका रुपमा खेल्ने गरिन्छ ।
दमाहा बाजाको तालमा सेतो जामा पगरी सहित एउटा हातमा ढाल तथा अर्को हातमा तरबार समातेर भुवा नाँच खेल्ने गरिन्छ ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा भुवा पर्व मनाइए पनि प्रदेश सरकारले भुवा पर्व बढी मनाइने ३ जिल्लामा सार्वजनिक बिदा दिइने भएको हो ।