
जनकपुरधाम : मोटरसाइकल दुर्घटनामा परि सर्लाहीमा तीन जनाको मृत्यु भएको छ ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।
बिज्ञापन



ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका १० दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
उनका अनुसार बाटोभन्दा १० मिटर तल लडेर दुर्घटना भएको हाे ।