सवारी ज्यान मुद्दामा सुदूरपश्चिमका मन्त्रीका छोरा पक्राउ

धनगढी — सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा बबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बिज्ञापन

गत पुस २ गते टीकापुरमा बबीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले पैदलयात्री ९९ वर्षीया दुर्गादेवी न्यौपानेलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते न्यौपानेको पुस ११ गते उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएपछि बबी फरार भएका थिए ।