विश्वमा कोरोनाबाट ज्यान गुमाउने १६ लाख १८ हजार नाघे

काठमाडौं । विश्वभर ५ करोडभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष बित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ५४ हजार ७९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८ लाख ५९ हजार ४३८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३७ हजार ३६१ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड २६ लाख ३८ हजार नाघेको छ । विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख १८ हजार नाघेको छ । बितेको २४ घण्टामा ७ हजार ५८२ जना संक्रमितको मृत्यु भएको छ ।

बिज्ञापन

यो सँगै १६ लाख १८ हजार ७५० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार १८६ जना गम्भीर बिरामी छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६७ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।