वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, तीन दिनपछि स्वदेश फर्किने

काठमाडाैँ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ९८ दिन लामो उपचारपछि मंगलबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट नेता पुन डिस्चार्ज भएका हुन् ।

जण्डिसबाट पीडित पुनलाई सुरुमा उपचारका लागि थाइल्याण्ड लगिएको थियो ।स्वास्थ्यमा सुधार नआएपछि पुनलाई एयर एम्बुलेन्समार्फत चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएका पुन तीन दिनपछि नेपाल आउने अखिल क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिए ।

यसअघि पुनकै आग्रहमा मंगलबार बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको थियो।

अध्यक्ष प्रचण्डले पार्टीका सिनियर नेताहरू वर्षमान पुन र ओनसरी घर्ती उपचारका क्रममा देशबाहिर रहेकाले सबै बसेर पदाधिकारी टुंग्याउन उचित हुने भएकाले केन्द्री समिति बैठक स्थगित गरिएको बताएका थिए ।