
काठमाडौं । पछिल्लो २४ घन्टामा ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६७ हजार ४०० रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार ३८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।
बिज्ञापन



